दसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु भएको छ । चाडपर्वमा हुने खर्च जुटाउन किसानले गाउँ गाउँबाट बजारमा ल्याएर खसीबोका बेच्न सुरु गरेका छन् ।
दसैँ सुरु भएपछि बजारमा ल्याएर बेच्ने व्यापारीको तयारी छ । दसैँ आउनुभन्दा केही साताअघि नै खसीबोका किनेर राख्नेहरू भने अहिलेदेखि नै बजार आउन थालेका व्यापारीको भनाइ छ । आर्थिक मन्दीका कारण गत वर्ष किसानले पालेको खसीबोका बिक्री गर्नै समस्या परेको थियो ।
दसैँखर्च जुटाउन अन्य उपाय नै नभएपछि धेरै किसानले सस्तो मूल्यमा खसीबोका बिक्री गर्नु परेको थियो ।
दसैँका लागि भनेर डेढ वर्ष पालेर हुर्काएका तीन वटा खसी बजार ल्याएर बेच्न भनी भाउ बुझ्न आए पनि बजारभाउले चिन्तित तुल्याएको थियो।
बजारमा खसी बेच्न आएका आफूजस्ता अन्य किसान पनि मूल्य नहुँदा निराश भएका कार्कीले बताउनुभएको छ । सर्लाहीमा विशेष गरी चुरे भेगबाट धेरै मात्रामा खसीबोका बजारमा भित्रिने गरेको छ । व्यावसायिक रूपमा बाख्रापालन धेरै हुने चुरे भेगमा व्यापारी आफैँसमेत डाँडापाखा पुगेर खसीबोका खरिद गर्ने गरेका छन् ।