असोज २९ गते २०८३ || October 15, 2026

तरकारीमा अत्याधिक विषादीको मात्रा


मंगलबार, चैत १२ २०८११२:१३

तरकारीमा  अत्याधिक  विषादीको  मात्रा

 देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका तरकारीमा खान नहुने मात्रामा विषादीको अवशेष भेटिएको छ । कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले तरकारीको नमुना परीक्षण गर्दा खान नहुने विषादीको मात्रा अधिक देखिएको हो । 

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार सोमबार ठाउँबाट आएका १४ प्रकारका तरकारीको नमुना परीक्षण गरेकामा भक्तपुरबाट आएको ब्रोकाउलीमा अगार्नोफस्फेट नामक विषादीको रोकावट दर ८८.६७० प्रतिशत रहेको पाइएको छ ।  समितिले चैतको १ देखि ११ गतेसम्म १३० वटा तरकारीका नमुनाको परीक्षण गरेकोमा सात वटा खान नहुने विषादीको प्रयोग भएको जनाएको छ । केही दिन पर्खेर मात्रै खान हुने विषादीको मात्रा नौ वटामा देखिएको र धेरै जसो गोलभेँडा छन् । विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend