असोज २९ गते २०८३ || October 15, 2026

ललितपुरमा लम्की स्किनको संक्रमण बढ्यो


बिहीबार , साउन १८ २०८०११:१३

ललितपुरमा लम्की स्किनको संक्रमण  बढ्यो

ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो ।

ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् ।सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।

केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिँदै उहाँले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्घको खोप लगाइसकेकोे छ  । गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ सङ्क्रमित सङ्ख्या दुई सय ९६ पुगेको छ ।

“उपत्यकामा कूल सङ्क्रमित पशुको सङ्ख्या १२ हजार आठ सय ७३ पगेको छ”, डा निशाले भन्नुभयो, “गाईभैँसी सङ्क्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको सङ्ख्या एक सय ७४ पुगेको छ ।” उपत्यकाभरका १७ हजार नौ सय ८८ गाईभैँसीलाई खोप लगाइसकेको छ। 


  • सम्बन्धित विषय:

  • # लम्पी स्किन रोगले थलिँदै चौपाया
  • # लम्पी स्किन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend