असोज २९ गते २०८३ || October 15, 2026

लामो समय पछिको बर्षाको कारण किसानलाई राहत


मंगलबार, साउन २३ २०८००३:४०

लामो समय पछिको  बर्षाको कारण किसानलाई राहत

 लामो समय वर्षा नभएका कारण चिन्तित रहेका सिरहाका किसानलाई दुई दिनयता परिरहेको वर्षाले केही राहत दिएको छ । वर्षा हुनुपर्ने बेला वर्षा नभएपछि सिरहामा कुल धान खेतीयोग्य जग्गामध्ये ५५ प्रतिशत जग्गामा मात्र धान खेती भएको छ । 

कृषि ज्ञान केन्द्र सिरहाका अनुसार सिरहामा ५४ हजार हेक्टर धान खेतीयोग्य भूमि छ । खेती भएको जग्गामा समेत वर्षाको पानी र सिंचाईको अभावका कारण धानको वाली सुक्दै गएको थियो । 

 वर्षा नभएका कारण देखापरेको खडेरीले भूमिगत पानीको श्रोत सुक्दै गएकोले प्रयोगविहिन अवस्थामा रहेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । 

सिंचाईको अभाव तथा वर्षा नभएका केही भागमा किसानले कृषि मिटरले सिंचाई गरे पनि अत्यधिक विद्युतीय खपतको कारण सिरहामा विभिन्न सबस्टेशनमा रहेको ट्रान्सफर्मर जल्ने गरेकाले विद्युत अवरुद्ध हुने गरेको थियो । सोमबारदेखि मुसलधारे पानी परेपछि चिरा परको धानको खेत बल्ल रसाउन थालेको छ । 


असार १५ गतेदेखि साउन १५ गतेसम्म रोपाइँको समय भएपनि सिरहामा किसानले साउन अन्तिमसम्म रोपाइँ गर्ने भएकोले यहाँ धानको रोपाइँ अझै बढ्न सक्छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम कस्तो रहला ?
  • # आजको मौसम समाचार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend