कात्तिक १ गते २०८३ || October 17, 2026

श्री मुक्तिनाथ अन्नदान क्षेत्रमा बाढीले करिब ५ करोडको क्षति


मंगलबार, भदौ ५ २०८००२:०५

श्री मुक्तिनाथ अन्नदान क्षेत्रमा बाढीले  करिब ५ करोडको  क्षति

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –४ कागबेनीमा गत आइतबार साँझ कागखोलामा आएको बाढीले श्री मुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।

मुक्तिनाथ सन्त सेवाश्रम, रामघाटले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । करिब ३५ वर्ष पहिलेबाट निःशुल्क भोजन तथा आवासको सेवा प्रदान गर्दैआएको श्री मुक्तिनाथ अन्नदान क्षेत्र कागबेनीका सम्पूर्ण भौतिक संरचना सो बाढीले पूर्ण रूपमा क्षति गरेको छ । 

स्वामी कमलनयनाचार्यले भौतिक क्षति मात्र नभएर आध्यात्मिक र भावनात्मक क्षति भएको बताउनुभयो । बाढीले काली गण्डकीमा रहेको अलौकिक शालिग्राम शिला पनि बगाएको छ, त्यो नै हाम्रो लागि झन् ठुलो क्षति भएको उहाँको भनाइ छ ।


यस विपद् घडीमा तत्कालीन समस्या पूर्तिका लागि श्रद्धेय श्री मुक्तिनाथ बाबाको संयोजनमा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति र ट्रष्टका माध्यमबाट यथासम्भव आपत्कालीन राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend