असोज ३० गते २०८३ || October 16, 2026

‘कश्मीरे पछ्यौरी’ नेपाली गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा


शनिबार, भदौ २९ २०८११२:१८

‘कश्मीरे पछ्यौरी’ नेपाली गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा

कश्मीरे पछ्यौरी दार्जिलिङको रेल

लाम साइँली पिरती दुई दिन बाँचुन्जेल

आठ महिनाअघि रिलिज भएको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बनेको छ । 

गीतलाई अहिलेसम्म एक करोड 20  लाख पटक हेरिएको छ । निश्चल दवाडीको शब्द तथा संगीत रहेको यो गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर छ ।

युट्युबले ट्रेन्डिङमा परेका यी १०० गीतलाई पछिल्लो साता प्लाटफर्ममा सबैभन्दा लोकप्रिय गीतको वर्णानुक्रममा रहेको उल्लेख गरेको छ । यो गीत गत जनवरी १८ मा ‘बाबुकृष्ण परियार’ युट्युब च्यानलमा गीत रिलिज भएको थियो ।

गीतको अडियो पक्ष बलियो छ । सरल शब्द र लोकलयमा तयार गरिएको गीत मनछुने पनि छ । गीतको भिडियो पनि यसको आकर्षक पक्ष हो । गीत रिलिज भएको केही महिनासम्म यसले युट्युबमा राम्रै भ्युज पायो । सरकारले टिकटकमा प्रतिबन्ध लगाएको समयमा रिलिज भएकाले अपेक्षाअनुसार गीत प्रवर्द्धन भने हुन पाएको थिएन ।

गत साता सरकारले टिकटकलाई सर्तसहित फुकुवा गरेपछि भने यतिबेला प्लाटफर्ममा यो गीत भाइरल बनिरहेको छ । यो गीतमाथि थुप्रै भिडियो बनिरहेका छन् । सोहीसँगै रिल्समा समेत यसमाथि भिडियो बनेका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend