असोज ३० गते २०८३ || October 16, 2026

इन्द्रजात्रा (येँया) विधिवत् रूपमा सुरु


आइतबार, भदौ ३० २०८१११:२३

इन्द्रजात्रा (येँया) विधिवत् रूपमा सुरु

इन्द्रजात्रा (येँया) आजबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान (बुधबार) ८ः२६ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।

आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायबाट मृतकको सम्झनामा बत्ती (पाल्चाः) दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा लिङ्गो (यःसिं) ढालेपछि यो जात्रा समापन भएको मानिन्छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend