आज ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छौ। सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउदै आएको हो।अन्तरराष्ट्रिय नारि दिवस अथवा नारि दिवस महिला जागरुकता सम्बन्धी दिवस हो।
यो बर्सैपिच्छे फागुन २४ अर्थात् मार्च ८ गते विश्वभरि मनाइन्छ ।
त्यस्तै, नेपालमा पनि सन् २०१६ मार्च ८ देखि नारी दिवसको रूपमा मनाउने गरिन्छ। विसं २०३७ मा नमीता र सुनीता हत्या काण्डको विरुद्धमा कास्कीका हजारौँ महिलाले भव्य जुलुस प्रदर्शन गरेबाट पञ्चायत विरोधी राजनीतिको प्रतीकको रूपमा नमेटिने छाप बसालेको छ। नालापानीको युद्धमा अङ्ग्रेजी तोप र गोला बारुदको जवाफ खुकुरी र ढुङ्गाको भरमा लडी वीरताको प्रदर्शन गर्न होस् वा राणा विरोधी आन्दोलन नै कि न होस् ,पञ्चायती विरोधी आन्दोलन होस् वा २०६२÷०६३ को जनआन्दोलन होस् । वर्गसङ्घर्ष होस् वा ग्रामीण सङ्घर्ष यस्ता सबै आन्दोलनमा संलग्न बनेर नेपाली महिलाले उच्च त्याग, तपस्या, गौरवपूर्ण बलिदान एवं लडाकु क्षमताको वीरतापूर्वक बलिदान दिएका छन् ।
परम्पराको नाममा समाजमा कायम रहेका गलत मान्यता र अभ्यासलाई निर्मूल गर्नुपर्ने आवश्यकता छ । बालविवाह, बोक्सी, छाउपडी, दाईजो प्रथा आदिलाई परित्याग गर्दै महिला, किशोरी तथा बालिकामाथि हुने सबै खाले विभेद, उत्पीडन, हिंसा, अत्याचारको निर्मूल गर्न जरूरी रहेको देखिन्छ। यस्ता बिभेदहरु अहिले पनि धेरै गाउ ठाउमा छन।
के नारीले समाजमा पाउनुपर्ने स्थान र खोजेको अधिकार संसारभरि नारी दिवस मनाउन थालिएका एक शताब्दी बितिसक्दा प्राप्त गर्न सकेका छन् त , तर पनि नारी विकासका दिशामा केही पनि भएको छैन भनेको चाहि होइन । नारीले अधिकार खोज्न थालेको अवस्थादेखि पछिका दिनमा नारी जगतले अनेकन उपलब्धि हासिल गर्दै आएको छ। तथापी नारी सशक्तीकरणतर्फ हुनुपर्ने काम भने अझ धेरै बाँकी छ । सिद्धान्त र कानुनी रूपमा काम केही भएका देखिए पनि व्यावहारिक रूपमा भने सोचे अनुरूपको प्रगति महिलाको पक्षमा हुन सकेकै छैन । विकसित मुलुकका दाँजोमा विकासोन्मुख अथवा अतिकम विकसित देशका नारीको स्थिति नाजुक छ ।
अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा नेपालको सन्दर्भ केलाउँनु पर्यो भने त्यति मिठास छैन । पराम्परागत देखिका बेथिति उस्तै छन् र संवैधानिक तथा कानुनी हिसाबमा महिलाले केही अधिकार प्राप्त गरेपनि व्यावहारिक धरातलमा कार्यान्वयनको पक्ष भने न्यून नै छ।किन भने विभेदकारी कानुन पूर्ण रूपमा हट्न सकेको छैन। अनेकौँ प्रलोभन वा जोर जुलुमबाट महिलालाई देहव्यापारमा संलग्न गरेको यथार्थ तस्बिरहरु हाम्रोसामु छ। समयहरु त्यहि हिजो को जस्तै, छ महिनादेखि ७० वर्षसम्मका नारीहरू बलात्कार भएर दिन प्रति दिन मर्न र मार्न बाध्य भएका छन् ।नारी हक, हितका आवाज तथा आश्वासन प्रशस्तै मुखरित हुँदै छन् तर पनि तिनीहरूको अक्षरशः पालना गरेको यथार्थ छैन । प्रशासनिक, राजनीतिक, आर्थिक जस्ता हरेक देश र समाजका महत्त्वपूर्ण क्षेत्रमा नारी सहभागितामा कमी रहेको छ ।
''भाग्य र समाजको गोटीचाल चलाएर''
पुस्तौ पुस्ता निर्लज्ज भई,
स्वच्छ नारि अस्मिताहरु सर्लक्क निलिरहे।
कृपाय अब सुन,
खबरदार ! खबरदार ! खबरदार !
बन्द गर ! यी अर्थहिन मर्दरुपी हाऊगुजिहरु
बस् अब शहनशिलताका बाधहरु समयले आफ्नै फुलाउने छ ।