गुल्मीमा कालिगण्डकी करिडोरसहित दुई सडक अवरुद्ध भएका छन्। वर्षाका करण यस जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–२, राक्सेमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
शुक्रबार बिहान करिब ६ः२५बजेको समयदेखि कालिगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गल्मीले जनाएको छ। त्यस्तै, वर्षाका कारण रिडी–वामी सडक अवरुद्ध भएको छ।