इन्डोनेसियाको सेन्ट्रल जकार्तास्थित ड्रोन कम्पनी 'टेरा ड्रोन' को कार्यालय भवनमा मङ्गलबार आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एएफपी समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ। हालसम्म ५ पुरुष र १५ जना महिला गरी २० जना पीडितको उद्धार गरिएको छ।
भवनमा लागेको आगो द्रुत गतिमा फैलिएपछि सबै १८ जना पीडितहरू भवनभित्र फसेर मृत फेला परेका थिए। गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा पठाइएको छ।