असोज २९ गते २०८३ || October 15, 2026

गोवाको नाइट क्लबमा भएको आगलागीमा चार जना नेपालीको पनि मृत्यु


सोमबार, मंसिर २२ २०८२१२:१७

गोवाको नाइट क्लबमा भएको आगलागीमा चार जना नेपालीको पनि मृत्यु

भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परी चार जना नेपालीले पनि ज्यान गुमाएको खुलेको छ।

सोमबार भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको  मृतकको सूचीमा  चार जना नेपाली नागरिकको पनि नाम उल्लेख छ। 

आइतबार ब्रिच बाइ रोमियो लेन नाइटक्लबमा भएको आगलागीमा २५ जनाले ज्यान गुमाएका थिए।

त्यसमध्ये चार जना नेपालीहरूसमेत रहेको टाइम्सले जनाएको छ।

ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेको खुलेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend