असोज २९ गते २०८३ || October 15, 2026

‘जेनजी’ आन्दोलनमा सहभागी हुने दुर्गा प्रसाईंको घोषणा


आइतबार, भदौ २२ २०८२०३:२६

‘जेनजी’ आन्दोलनमा सहभागी हुने दुर्गा प्रसाईंको घोषणा

 मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘जेनजी’ युवाहरूले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् ।

राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएका प्रसाइँको अहिले पनि मुद्दा चलिरहेको छ ।

धरौटीमा रिहा भएका प्रसाईं अहिले युवाहरुले सामाजिक सञ्जाल बन्द लगायत विरोधमा गर्न लागेको आन्दोलनमा मिसिने घोषणा गरेका हुन् । ‘देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्,’ प्रसाईंले भनेका छन् ।

उनले फेसबुकमा गरेको पोस्टमा धेरैले कमेन्ट गर्दै उक्त आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend