असोज २९ गते २०८३ || October 15, 2026

विद्यार्थीको गोली प्रहारबाट घाइते शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिइने


शुक्रबार, कात्तिक २१ २०८२११:०४

विद्यार्थीको गोली प्रहारबाट घाइते शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिइने

विद्यार्थीको गोली प्रहारबाट घाइते भएकी अमेरिकाको भर्जिनियामा एक पूर्व शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिने निर्णय भएको छ। अमेरिकाको अदालतले ती शिक्षिकालाई १० मिलियन डलर क्षतिपूर्ति दिने आदेश गरेको हो।

शिक्षिका अबिगेल ज्वर्नरलाई दुई वर्षअघि छ वर्षीय विद्यार्थीले गोली हानेको थियो।  गोलीबारीबाट गम्भीर घाइते भएकी उनलाई धेरै पटक शल्यक्रिया 

गर्नुपरेको थियो। 'मलाई लाग्यो कि म मरिसकेको छु,' शिक्षिकाले आफ्नो मुद्दाको बयानमा भनेकी छन्।

ज्वर्नरले स्कूलका पूर्वसहायक प्रधानाध्यापक इबोनी पार्करविरुद्ध ४० मिलियन डलरको मुद्दा दायर गरेकी  थिइन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend