नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज लायन्सविरुद्ध काठमाण्डू गोर्खाजले ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेका छन् । हाल क्रिजमा रहेका ओपनर आकाश त्रिपाठीले २४ रन बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डूले ६ ओभरमा दुई विकेट गुमाएर ४२ रन बनाएको हो । मिलिन्द कुमार तीन रनमा खेलिरहेका छन् । लुम्बिनीका रुबिन ट्रम्पलम्मयान र शेर मल्लले एक/एक विकेट लिएका छन् ।