काठमाडौं । लुम्बिनी लायन्सविरुद्ध टस जितेको जनकपुर बोल्ट्स ब्याटिङमा उत्रिएको छ ।
टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा टस जितेपछि कप्तान अनिल साहले पहिले ब्याटिङमा जाने निर्णय लिएका छन् ।
लुम्बिनीले ६ खेलबाट ६ अङ्क जोडेको छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ ।