लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, दिलीप नाथले ३१, डार्शी शर्ट र सुुमित महर्जनले १८(१८ र गुल्बदिन नइमले ११ रन बनाएका हुन् । सुदूरपश्चिमका लागि अभिनाश बोहरा र हरमित सिंहले तीन(तीन, हेमन्त धामीले दुई तथा स्कट कुगेलेइनले एक विकेट लिएका थिए ।