असोज २९ गते २०८३ || October 15, 2026

जनकपुरविरुद्ध पोखराले टस जित्यो


बिहीबार , मंसिर ११ २०८२०४:०७

जनकपुरविरुद्ध पोखराले टस जित्यो

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा  पोखराका कप्तान कुशल भुर्तेललले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् । पोखरा पहिलो जितको लक्ष्यमा छ । यसअघि पोखराले सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग हार व्यहोरेको थियो । यता जनकपुर पनि पहिलो जित चाहन्छ । यसअघि जनकपुर काठमाण्डू गोर्खाज र विराटनगर किंग्ससँँग पराजित भएको थियो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend