असोज २९ गते २०८३ || October 15, 2026

कालीप्रसादको स्वरमा चलचित्र ‘फूलबारी’को गीत सार्वजनिक 


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०८:०२

कालीप्रसादको स्वरमा चलचित्र ‘फूलबारी’को गीत सार्वजनिक 

काठमाडौं -नेपाली कथानक चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । चल अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीत सार्वजनिक गरिएको हो । पारिवारिक प्रेमको आभास दिलाउने गीतले पारिवारिक खुसीसँगै पीडा पनि झल्काएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्षा कट्टेलको पनि पनि आवाज छ । 

चलचित्रमा अभिनेता विपीन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत छन् । अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसँग जोडी बाँधेका छन् । अभिनेत्री प्रियंका कार्कीको अपोजिटमा कलाकार सोमनाथ खनाल छन् । 


  • सम्बन्धित विषय:

  • # कालीप्रसादको स्वरमा चलचित्र ‘फूलबारी’को गीत सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend