असोज २९ गते २०८३ || October 15, 2026

बागमती प्रदेश : मुख्यमन्त्रीको दाबी पेश सोमबारसम्म गर्न निर्देशन


पिपल अनलाइन
बिहीबार , पुस २१ २०७९०२:३६

बागमती प्रदेश : मुख्यमन्त्रीको दाबी पेश सोमबारसम्म गर्न निर्देशन

 काठमाण्डौँ - बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तको लागि पुस २५ गते सोमबार सम्ममा दाबी पेश गर्न माग गरेको छ। प्रदेशको मुख्यमन्त्रीको लागि बहुमतको समर्थन सहित प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न निर्देशन दिएको हो । ‘बागमती प्रदेशको मुख्यमन्त्रीको लागि कुनैपनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभमा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि यहि पौष २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्न अनुरोध छ,’ सुचनामा भनिएको छ ।

 बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि तीन राजनीतिक दलले आकांक्षा देखाएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुख्यमन्त्रीको लबिङ गरिरहेका छन् ।


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश : मुख्यमन्त्रीको दाबी पेश सोमबारसम्म गर्न निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend