असोज २९ गते २०८३ || October 15, 2026
म्यारोडोना

फुटबल लेजेण्ड म्यारोडोनाको निधन


पिपल अनलाइन
सोमबार, मंसिर २० २०७८०५:५१

फुटबल लेजेण्ड म्यारोडोनाको निधन

 फुटबल बादशाह डिएगो म्यारोडोनाको आज हृदयघातका कारण निधन भएको छ ।

दिमागमा रगत जमेका कारण हालै मात्र शल्यक्रिया गराएका उनको आफ्नै निबासमा ज्यान गएको हो ।

सदाबहार फुटबल इतिहासका सर्बोच्च खेलाडीको सुचीमा कहलिएका म्यारोडोना १९८६ विश्व कपमा उनले हातले गरेको गोलले चर्चामा थिए । कुलत सहितको उनको जीवनमा फुटबललाइ दिएको योगदानमा भने अथाह थिए ।

३ हप्ता शल्यक्रिया पश्चात निधन भएका म्यारोडोनाले १९८६ मै अर्जेन्टिनाका निम्ति विश्व कप उपाधि जिताएका थिए ।

फुटबल इतिहासले जीवित योद्दा गुमाउदा हाल विभिन्न फुटबल हस्तीहरुले समबेदना आ-आफ्नो स्थान र तबरबाट दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend