काठमाडौं उपत्यकास्थित श्री कन्या ,माध्यमिक विद्यालयले आफ्नो ७९ औँ वार्षिक उत्सव तथा अभिभावक भेला भव्यताका साथ सम्पन्न गरेको छ ।
काठमाडौँको बिद्यालयमाध्ये कन्या अथवा माहिला बालबालिका मात्र पढ्ने विद्यालयको रुपमा स्थापना भएको कन्या माध्यमिक विद्यालयले आईतबार भव्य कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको आयोजित कार्यक्रममा सभापतिको आथित्यतामा का.म. पा. वडा न १७ का वडा अध्यक्ष तथा बिद्यालय ब्यबस्थापनका अध्य्यक्ष नबिन मानन्धर, प्रमुख अथितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रि डा सुधा सर्मा, अथितीमा जयन्ति सत्याल, केशब गौतम, धनकुमारी भण्डारी, राजेश डंगोल, दिनेस केसी, देवालक्ष्मी प्रधान, मुनाराज शाक्य, मिनेन्द्ररत्न तुलाधर, इन्दिरा पण्डित, सानुमैया दली, सुरज श्रेष्ठ , सुवान कु श्रेष्ठ , बिद्यालयका प्रधानाध्यापक घनश्याम न्यौपाने, सम्पूर्ण अभिभावक शिक्षक शिक्षिका ,साथै सम्पूर्ण विद्यार्थीकोको उपस्थिति रहेको थियो ।
उल्लेख्य रुपमा विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कलात्मक तथा मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए भने विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रावृत्ति समेत प्रदान गरिएको थियो ।
वार्षिक उत्सवमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्ति, संघ संस्था, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।




