असोज ३० गते २०८३ || October 16, 2026

गठबन्धनको निर्वाचन विशेष बैठक ४ बजे बस्दै


आइतबार, चैत २७ २०७८१२:१७

गठबन्धनको निर्वाचन विशेष बैठक ४ बजे बस्दै

काठमाडौं - सत्ता गठबन्धनद्वारा आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा तालमेलका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा निर्वाचनमा तालमेल र यसको मापदण्डलगायतका विषयमा छलफल हुने काँग्रेस नेता पौडेलका प्रेस संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

चैत २२ गतेको सत्ता गठबन्धनको बैठकले पौडेल नेतृत्वमा दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । समितिमा काँग्रेसका तर्फबाट पौडेलसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव डा. वेदुराम भुषाल र उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य हुनुहुन्छ ।


  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण
  • # गठबन्धन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend