असोज ३० गते २०८३ || October 16, 2026

चीनसँगको सम्बन्ध विस्तार प्राथमिकतामा


पिपल अनलाइन
शुक्रबार, माघ ६ २०७९०७:२३

चीनसँगको सम्बन्ध विस्तार प्राथमिकतामा

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ महामारीपछि कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनस्र्थापना र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार बालुवाटारमा भएको नेपाल–चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उक्त कुरा बताए ।  

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले धेरैभन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउने तथा लगानी र व्यापारिक सम्बन्धसमेत विस्तार गर्ने सरकारको प्राथमिकतामा रहेको जानकारी दिए । कोभिड–१९ महामारीपछि चीनले बाह्य मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध स्थापना गरिसकेको चर्चा गर्दै उहाँले त्यसबाट नेपालले लाभ लिन सक्ने वातावरण निर्माणका लागि पहल गर्ने जानकारी गराए । 

भेटमा सङ्घको प्रतिनिधिमण्डलले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने तथा यसका लागि सरकारले पहल गर्नुपर्ने विषयमा विभिन्न सुझाव दिएको थियो । सङ्घका अध्यक्ष तुलाधरले चीनसँगको स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने तथा वस्तु आयातसँगै पर्यटकका लागि पनि नाका खुला गर्ने सम्बन्धमा सरकारले चिनियाँ पक्षलाई सहमत गराउनुपर्ने सुझाव दिए । 


  • सम्बन्धित विषय:

  • # चीनसँगको सम्बन्ध विस्तार प्राथमिकतामा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend