असोज ३० गते २०८३ || October 16, 2026

एमालेको साधारण सदस्यताबाट अलग भएको सभामुख घिमिरेको घोषणा


पिपल अनलाइन
शुक्रबार, माघ ६ २०७९११:५६

एमालेको साधारण सदस्यताबाट अलग भएको सभामुख घिमिरेको घोषणा

 काठमाडौँ - सभामुख देवराज घिमिरेले आफू सम्बद्ध पार्टी नेकपा एमालेको साधारण सदस्यताबाट अलग भएको घोषणा गरेका छन् । बिहिबार सभामुखमा निर्वाचित भएसँगै घिमिरेले राजनितिक दलसँगको आफ्नो आबद्धता त्यागेका हुन् । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै घिमिरेले सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्न नेकपा एमालेको पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनितिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएका छन् । सभामुख भएपछि राजनितिक आबद्धता त्याग्ने गरिन्छ ।


  • सम्बन्धित विषय:

  • # एमालेको साधारण सदस्यताबाट अलग भएको सभामुख घिमिरेको घोषणा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend