असोज ३० गते २०८३ || October 16, 2026

ईयू टोलीको नेपाल भ्रमण स्थगित


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९०७:१६

ईयू टोलीको नेपाल भ्रमण स्थगित

काठमाण्डौँ - युरोपियन युनियन ईयूको हवाई सुरक्षा कमिटी नेपालको हवाई सुरक्षा मूल्याङ्कन गर्न तत्काल अनसाइट एसेसमेन्ट भिजिटमा नआउने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपालको हवाई सुरक्षामा पर्याप्त सुधार आएको निष्कर्ष दिए पनि ईयूले भने नेपालमाथिको प्रतिबन्ध कायमै राखेको छ ।

गत जुनमा स्थलगत अनुगमनपछि पनि ईयूको हवाई सुरक्षा कमिटीले नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीबाट बाहिर निकालेको थिएन। सन् २०१३ देखि नेपालका वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्दै आएको ईयूले अर्को महिनाभित्र हवाई सुरक्षाको अवस्थाका विषयमा पुनः स्थलगत अनुगमन गरेर पुनर्विचार गर्ने योजना सार्वजनिक गरेको थियो। तर गत आइतबार मात्रै यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएपछि कालोसूचीसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा कमिटीले तत्कालका लागि स्थलगत अनुगमन नगर्ने भएको हो ।


  • सम्बन्धित विषय:

  • # ईयू टोलीको नेपाल भ्रमण स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend