असोज ३० गते २०८३ || October 16, 2026

हिउँदे वर्षा अझै अनिश्चित, आजको मौसम कस्तो छ ? 


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९०७:१९

हिउँदे वर्षा अझै अनिश्चित, आजको मौसम कस्तो छ ? 

काठमाण्डौँ - यो वर्षको मध्यहिउँद हुँदासमेत हिउँदे वर्षा र राम्ररी हिमपात भएको छैन । वर्षा र हिमपात नहुँदा प्रदूषणले पर्यावरणीय अवस्थिति गुम्सिँदै गएको मौसमविद्हरूले बताएका छन् । यस वर्ष जुम्ला र सुदूरपश्चिमका हिमाली भेगमा बिहीबार पहिलो पटक हल्का हिमपात भएको छ । हालसम्म हिउँदको वर्षाका रूपमा नेपालमा ०.१ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । वरिष्ठ जलवायु विश्लेषक डा इन्दिरा कँडेलले भने , “मनसुन बाहिरिएयता झन्डै साढे तीन महिना सुक्खाजस्तै रह्यो । अझै पनि वर्षा राम्ररी हुने जलवाष्पयुक्त प्रणाली नेपालमा भित्रिन सकेको छैन ।” 

नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदे अवधि मानिन्छ। जलवायु विश्लेषण शाखाले गरेको अध्ययनअनुसार गत वर्ष हिउँद सुरु भएदेखि जनवरी १८ सम्म २७.१ मिलिमिटर वर्षा भएको थियो। यस अवधिमा पूरै हिउँदभरिमा ७५ मिलिमिटर वर्षा भएको थियो । सामान्यतया सरदर वर्षाको आँकलनअनुसार यस अवधिमा २२.६ मिलिमिटर वर्षा हुनेगरेको छ । सरदर वर्षा भन्नाले विगत ३० वर्षको वर्षाको विश्लेषण गरेर निकालिने वर्षाको दर भन्ने बुझिने कँडेलले जानकारी दिए । पूरै हिउँदमा भने सरदर ६०.१ मिलिमिटर वर्षा हुने गरेको छ । 


  • सम्बन्धित विषय:

  • # हिउँदे वर्षा अझै अनिश्चित, आजको मौसम कस्तो छ ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend