असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिने, निर्वाचन कहिले हुँदैछ ? 


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९११:३७

राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिने, निर्वाचन कहिले हुँदैछ ? 

 काठमाडौँ - नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम पदावधि सकिनुभन्दा एक महिना अगावै दुवै पदको निर्वाचन हुनुपर्ने उल्लेख छ । 

ऐनअनुसार यही माघ २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसका लागि पुस महिनाभित्रै निर्वाचनको मिति घोषणा गरेर निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गर्नुपर्ने थियो। तर माघ पहिलो साता बित्दा पनि आयोगले निर्वाचनको मिति घोषणा गरेको छैन । ऐनले बहालवाला राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिना अगावै राष्ट्रपतिको निर्वाचन हुने व्यवस्था गरेको छ तर त्यसरी निर्वाचित राष्ट्रपतिको पदबहाली कहिलेदेखि हुने भन्ने सम्बन्धमा स्पष्ट गरेको छैन । 

आगामी फागुन तेस्रो सातापछि राष्ट्रपतिको निर्वाचन गर्नेगरी निर्वाचनको एक महिनाअघि मिति घोषणा गर्ने तयारी गरिएको आयोग स्रोतले जनाएको छ । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा ऐन र संविधान बाझिएको आयोगले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिने, निर्वाचन कहिले हुँदैछ ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend