असोज ३० गते २०८३ || October 16, 2026

संसद् भवनमा सर्वदलीय बैठक जारी


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९१२:०९

संसद् भवनमा सर्वदलीय बैठक जारी

काठमाडौं - प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको  सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी रहेको छ । सभामुख देवराज घिमिरेले बोलाउनुभएको सर्वदलीय बैठक संसद् भवनको शङ्कर हलमा जारी रहेको प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिए । 

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलो पटक बैठक बोलाएका हुन् । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए । 


  • सम्बन्धित विषय:

  • # संसद् भवनमा सर्वदलीय बैठक जारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend