असोज ३० गते २०८३ || October 16, 2026

वागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार माघ १० पछि मात्रै हुने 


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९०३:४६

वागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार माघ १० पछि मात्रै हुने 

हेटौँडा - वागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार माघ १० पछि मात्रै हुने भएको छ । पुस २५ गते मुख्यमन्त्री नियुक्त भएर पुस २६ मा ३ सदस्यीय मन्त्रीमण्डल निर्माण गरेका शालिकराम जम्मकट्टेलले सरकार विस्तार माघ १० पछि मात्र गर्ने भएका हुन् । पुस २६ गते शपथ लिएपछि मुख्यमन्त्रीको कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले १५ दिनभित्र मन्त्रालय घटाउनेगरी प्रतिवेदन तयार पार्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल निर्माण गरेको निर्णयमा हस्ताक्षर गरेका थिए । 

सोही अनुरुप कार्यदलले माघ ९ सम्ममा प्रतिवेदन पेश गर्ने र १० गतेबाट मन्त्रिपरिषद् विस्तारको कामहरू सुरु हुने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।


  • सम्बन्धित विषय:

  • # वागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार माघ १० पछि मात्रै हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend