असोज ३० गते २०८३ || October 16, 2026

गृहको विज्ञप्तिबारे सदनको ध्यानाकर्षण


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९०४:३७

गृहको विज्ञप्तिबारे सदनको ध्यानाकर्षण

काठमाडौँ - प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराए । उनले भने, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन ।”

प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको  विषय बनेको उल्लेख गर्दै उनले गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भनी प्रश्न गरे । सांसद खतिवडाले उक्त विषयमा सभामुखबाट रुलिङको माग गरे । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले धादिङका चेपाङ समुदायलाई परेको अप्ठेराबारे सदनको ध्यानाकर्षण गराउदै स्वदेशी उद्योग प्रवद्र्धन गर्न सरकारको ध्यान जाओस् भने ।


  • सम्बन्धित विषय:

  • # गृहको विज्ञप्तिबारे सदनको ध्यानाकर्षण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend