असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : आज सामान्यतया सफा रहने, सोमबार र मंगलबार मौसम बदली !


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९०६:५९

आजको मौसम : आज सामान्यतया सफा रहने, सोमबार र मंगलबार मौसम बदली !

काठमाडौँ - आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ । बाँकी सबै क्षेत्रमा मौसम सामान्यतया सफा छ ।

आज दिउँसो पनि  प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहे पनि देशका बाँकी भू(भागमा मौसम सफा  रहनेछ । आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १  का  पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भूभागको मौसम सफा रहनेछ ।सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : आज सामान्यतया सफा रहने, सोमबार र मंगलबार मौसम बदली !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend