असोज ३० गते २०८३ || October 16, 2026

‘सोनाम ल्होछारबाट नेपाली एकता थप सुदृढ’ : राष्ट्रपति भण्डारी


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९०७:१०

‘सोनाम ल्होछारबाट नेपाली एकता थप सुदृढ’ : राष्ट्रपति भण्डारी

 काठमाण्डौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि   शुभकामना व्यक्त गरेकी छिन् । उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनुका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास व्यक्त गरिन् । 

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्त्व बोकेका थुप्रै पर्व रहेको उनले बताएकी छिन् ।


  • सम्बन्धित विषय:

  • # ‘सोनाम ल्होछारबाट नेपाली एकता थप सुदृढ’ : राष्ट्रपति भण्डारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend