असोज ३० गते २०८३ || October 16, 2026

'पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएका छन्' : सभापति देउवा


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९०७:१७

'पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएका छन्' : सभापति देउवा

 काठमाडौँ - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् । उनले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरे । सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदै उनले यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिए । 


  • सम्बन्धित विषय:

  • # 'पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएका छन्' : सभापति देउवा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend