कात्तिक १ गते २०८३ || October 17, 2026

शेखर कोइरालाले भने____'विश्वासको मत दिएर गल्ती गर्‍यौँ'


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९१२:०१

शेखर कोइरालाले भने____'विश्वासको मत दिएर गल्ती गर्‍यौँ'

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनु गलत भएको बताएका छन् । आइतबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको संस्थापनइतर समूहको बैठकमा उनले पार्टीले लिएको निर्णयले पार्टीलाई नै क्षति भइरहेको बताए ।

“हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौँ । तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समिति बैठकमा राखेको थिएँ,” शेखरले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, “बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिनु हुन्थेन ।”


  • सम्बन्धित विषय:

  • # शेखर कोइरालाले भने____'विश्वासको मत दिएर गल्ती गर्‍यौँ'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend