कात्तिक १ गते २०८३ || October 17, 2026

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९१२:२१

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

सुर्खेत - सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुबाट सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार बिहान साढे दुई बजेतिर बाप्र ०१०२६ च ९२१३ नम्वरको डबल क्याप वीरेन्द्रनगर–११ को झुप्राखोला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार दुर्घटनामा परेर चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र विसीको मृत्यु भएको हो ।

दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का २६ वर्षीय वीरेन्द्र शाही गम्भीर घाइते भएका छन् । उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। प्रहरीका अनुसार गाडी अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।


  • सम्बन्धित विषय:

  • # सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend