असोज ३० गते २०८३ || October 16, 2026

सार्वजनिक जग्गामा बनाइएका संरचना भत्काउन हर्क साम्पाङले चलाए डोजर !


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९१२:५५

सार्वजनिक जग्गामा बनाइएका संरचना भत्काउन हर्क साम्पाङले चलाए डोजर !

 काठमाण्डौँ - सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।


  • सम्बन्धित विषय:

  • # सार्वजनिक जग्गामा बनाइएका संरचना भत्काउन हर्क साम्पाङले चलाए डोजर !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend