असोज ३० गते २०८३ || October 16, 2026

अपहरणमा परेका जनकपुरधामका २ जना युवाको भारतमा हत्या


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९०३:११

अपहरणमा परेका जनकपुरधामका २ जना युवाको भारतमा हत्या

काठमाण्डौँ - अपहरणमा परेका धनुषाको जनकपुरधामका २ जना युवाको भारतमा हत्या भएको छ । उनीहरू १३ दिनदेखि सम्पर्कविहीन थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ। उनीहरू छिमेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गत पुस २७ गते भारत गएका दुई युवा सम्पर्कविहीन भएको खबर आएको थियो। उनीहरू भारत सितामढी जिल्ला बेला परिहारमा रहेका आफन्तको घरमा गएका थिए । तर उनीहरू आफन्तको घरमा नपुगेपछि खोजी गरिएको थियो । ५० लाख फिरौती रकम माग गर्दै परिवारलाई भारतीय नम्बरबाट फोन आएपछि उनीहरू अपहरणमा परेको आशंका गरिएको हो। उनीहरू अपहरणमा परेकोबारे गत पुस २९ गते परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए ।

 


  • सम्बन्धित विषय:

  • # अपहरणमा परेका जनकपुरधामका २ जना युवाको भारतमा हत्या
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend