कात्तिक १ गते २०८३ || October 17, 2026

माओवादी केन्द्रको केन्द्रिय समिति बैठक १५ माघमा बस्ने


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९०३:५४

माओवादी केन्द्रको केन्द्रिय समिति बैठक १५ माघमा बस्ने

 काठमाडौँ - नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रिय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलार्ईएको हो । 

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रिय समितिवाट अनुमोदन गरिनेछ । जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् ।


  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्रको केन्द्रिय समिति बैठक १५ माघमा बस्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend