असोज ३० गते २०८३ || October 16, 2026

आज साँझदेखि मौसमी प्रणाली भित्रिदै


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०७:०५

आज साँझदेखि मौसमी प्रणाली भित्रिदै

 काठमाण्डौँ - आज देशभर मौसम सफा रहेको छ । दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाको भनाइ छ ।

सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


  • सम्बन्धित विषय:

  • # आज साँझदेखि मौसमी प्रणाली भित्रिदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend