असोज ३० गते २०८३ || October 16, 2026

समाजवादी र नेकपा माओवादीबीच औपचारिक सम्वाद सुरु


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०७:०९

समाजवादी र नेकपा माओवादीबीच औपचारिक सम्वाद सुरु

काठमाण्डौँ - नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बीच औपचारिक सम्वाद सुरु भएको छ । दुई पार्टीद्वारा गठित वार्ता समितिहरूको आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो बैठक बस्यो । 

आजको वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारीलगायत बिभिन्न वैचारिक राजनीतिक विषयमा छलफल हुनुको साथै दुई पार्टीबीच पार्टीका दस्तावेजहरू आदानप्रदान गरिएको छ । आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको छ । 


  • सम्बन्धित विषय:

  • # समाजवादी र नेकपा माओवादीबीच औपचारिक सम्वाद सुरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend