असोज ३० गते २०८३ || October 16, 2026

 राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशभर संगठन बिस्तार गर्ने 


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०७:१३

 राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशभर संगठन बिस्तार गर्ने 

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन बिस्तार गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो । पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ ।

साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ । जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ । महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ । माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशभर संगठन बिस्तार गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend