असोज ३० गते २०८३ || October 16, 2026

विभागमा थन्किए राष्ट्रिय परिचयपत्र


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०७:५३

विभागमा थन्किए राष्ट्रिय परिचयपत्र

काठमाडौँ - राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन । अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन् । हालसम्म सात लाख जनाको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ सम्पन्न भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ ।

 विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र वितरणभन्दा पनि विवरण सङ्कलन कार्यलाई विभागले प्राथमिकता दिएकाले छपाइ अनुसारको कार्ड वितरण हुन नसकेको बताए । उनले भने, “विभागको अहिले मुख्य काम विवरण सङ्कलन हो। सङ्कलन कार्य सम्पन्न नभएसम्म कार्ड बाँड्ने काम प्राथमिकतामा पर्दैन, प्राथमिकतामा राख्न मिल्दैन पनि।” परिचयपत्रका लागि देशैभर विवरण सङ्कलन गरिए पनि अहिले वितरण कार्य भने सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालय तथा काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट मात्र गरिएको छ। २०७५ मंसिर ३ गते पाँचथरको फिदिम नगरपालिका ४, शान्तिपुरकी १०१ वर्षीया वृद्धा भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर थालिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # विभागमा थन्किए राष्ट्रिय परिचयपत्र
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend