असोज ३० गते २०८३ || October 16, 2026

दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०४:०७

दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति

कर्णाली - दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा।प्र।१०२६ च ९२१३ नंको डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान २ः३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा दुर्घटना भएको थियो । त्यसमा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको घटनालाई लिएर यहाँस्थित विभिन्न निकाय, सङ्घ÷सङ्गठनले शोक विज्ञप्ति जारी गरेका छन् ।

सुर्खेत स्वास्थ्य सेवा निर्देशनालय, दैलेखस्थित स्वास्थ्य सेवा कार्यालयका साथै राष्ट्रिय कर्मचारी सङ्गठन ९निजामती० कर्णाली प्रदेश समिति अध्यक्ष देवेश्वर गिरीले शोक वक्तव्य जारी गर्दै राष्ट्रसेवक कर्मचारीहरुको मृत्युले स्वास्थ्य क्षेत्र र पारिवारिक जीवनमै ठूलो क्षति पुगेका पुगेको बताइएको छ । 
उक्त दुर्घटनामा परी स्वास्थ्यकर्मीहरु क्रमशः दैलेख डुङ्गेश्वर गाउँपालिका–५ निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ निवासी ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी घाइते भएका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार घाइते भई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएका गाडी चालक सञ्चालक वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने सागर शाहीसहित तीन निरीक्षकको आइतबार बिहान ५ बजे मृत्यु भएको थियो । भैरवी गाउँपालिका–५ दैलेख स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक २६ वर्षीय वीरेन्द्रराज शाहीको भने थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट अन्यत्र रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

    प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य शाखाका प्रमुखहरुलाई शनिबार एचएमआइएस, भिएसआइएस, इएलएससम्बन्धी तीनदिने समीक्षा गोष्ठीका लागि वीरेन्द्रनगरमा बोलाएको थियो । यसैगरी नेकपा ९एमाले० निकट स्वास्थ्यकर्मीहरुको प्रदेशस्तरीय बैठकमा सहभागी हुन पनि १० जिल्लाका स्वास्थ्यकर्मी सुर्खेतमा आएको जनाइएको थियो । कार्यक्रम सम्पन्न भएपछि उनीहरु बेलुकाको खाना भेरीगङ्गा नगरपालिका–१ मा खाएर राति वीरेन्द्रनगर फर्कने क्रममा दुर्घटना परेका थिए । मृतक सबैको सुर्खेतस्थित प्रदेश अस्पतालमा शव परीक्षण गरी आइतबार नै परिवारलाई बुझाइएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend