असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री दाहाल राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने 


मंगलबार, माघ १० २०७९०७:१५

प्रधानमन्त्री दाहाल राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताएका छन् । सोमबार  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग प्रधानमन्त्री प्रचण्डले आफूले छिटै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षण गर्न लागेको बताएका हुन् ।  

“म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा निस्किँदै छु । खबरदारी र निरन्तरको चासो र त्यप्रतिको लगावले मात्रै विकास, सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्नुहोला ।’’ उनले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा कहिले निस्किने त्यो भने खुलाएका छैनन् ।  


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend