असोज ३० गते २०८३ || October 16, 2026

नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०७:१९

नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाँको नियम नमाने भन्दै  पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो । ति पाएलटले त्यहाँ एटीसीको इन्स्ट्रक्सन नमानी जोखिमपूर्ण अवतरण गराएका थिए ।  

प्रवक्ता जगन्नाथ निरौलाका अनुसार निगमलाई ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको छ । , ‘विमानस्थलमा अवतरण गर्दा त्यहाँको एटीसीको नियम पालना गर्नुपर्ने भएपनि नियमको उल्लङघन गरेको निर्देशन पाएपछि कार्बाही गर्ने निर्देशन दिएको हो । निलम्बनमा पर्नेमा  उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा छन् ।

प्राधिकरणले दिएको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्ने बताएको छ । प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend