असोज ३० गते २०८३ || October 16, 2026

अधिकारकर्मी रुबी खानसहित ७ पक्राउ


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०७:२७

अधिकारकर्मी रुबी खानसहित ७ पक्राउ

काठमाडौँ - बाँकेकी एकल महिला निर्मला कुर्मीको अपहरण र हत्याको मामिलामा दोषीमाथि कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने रुबी खानसहित केही अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पहरी हस्तक्षेप अघि उनीहरूको माइतीघरदेखि बबरमहलसम्म धर्ना दिँदै प्रदर्शन गरेका थिए । सडक नाटक समेत देखाएका उनीहरुले निर्मलाको हत्या र अपहरण मुद्धालाई अदालतसम्म लैजान माग गरेका छन् । बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पहरीले पक्राउ गरेको हो । रुबी खानसहित ७ जना पक्राउ परेको बताइएको छ । अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ । 

२६ दिनदेखि रुबी खान लगायतका बाँकेका महिलाहरुले काठमार्डौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई गृहमन्त्री रवि लामिछानेसमेतले आन्दोलन फिर्ता लिएर वार्तामा आउन आग्रह गसिकेका छन् । 


  • सम्बन्धित विषय:

  • # अधिकारकर्मी रुबी खानसहित ७ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend