असोज ३० गते २०८३ || October 16, 2026

तनहुँमा कुटपिटबाट विद्यार्थी घाइते, प्रधानध्यापक पक्राउ


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०७:४५

तनहुँमा कुटपिटबाट विद्यार्थी घाइते, प्रधानध्यापक पक्राउ

 काठमाडौँ - तनहुँको एक विद्यालयका प्रधानाध्यापक  पक्राउ परेका छन् । घिरिङ गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा प्रधानध्यापक प्रेम थापालाई प्रहरीले पक्राउ गरेको हो । छात्रावासमा बसेर एसईई परीक्षाको तयारी गरिरहेका ४२ जना विद्यार्थीले शर्त पालन नगरेको भन्दै थापाले उनीहरुमाथि कुटपिट गरेको आरोप लागेको छ । होस्टेलमा बसेर अध्ययन गर्दै आएकी भीमाद ४ बरडण्डाकी विद्यार्थी लिलामाया आलेलाई  थापाको कुटपिटबाट घाइते भएकी थिइन् ।

आलेलाई लठ्ठीको चोट लागेको छ । तर थापाले भने राम्रोसँग पढ्नुभन्ने उद्देश्यले विद्यार्थीहरुलाई तर्साएको बुझिएको छ । होस्टेलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरुले टेस्ट परीक्षामा सहि उत्तर नलेखेपछि सजायस्वरुप पिटेको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # तनहुँमा कुटपिटबाट विद्यार्थी घाइते, प्रधानध्यापक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend