असोज ३० गते २०८३ || October 16, 2026

झापाको एउटै रुखमा  मृत भेटिए प्रेमी–प्रेमिका !


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९११:४४

झापाको एउटै रुखमा  मृत भेटिए प्रेमी–प्रेमिका !

 झापा - झापाको कचनकवल गाउँपालिका–४ केचनामा प्रेमी–प्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । २५ वर्षीया राजेश कुमार गणेश र करिब १९ वर्षकी पवित्रा राजवंशी मृत अवस्थामा भेटिएको झापाका एसपी दुर्गा रेग्मीले बताए । 

एभरेष्ट चिया बगान स्थित शिरीषको रुखको एउटै हाँगामा उनीहरू झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनीहरू प्रेमी प्रेमिका रहेको प्रहरीको भनाई छ । प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद नदेखिएको एसपी रेग्मीले बताए । उनले भने–‘विभिन्न कोणबाट विस्तृत अनुसन्धान गर्दै छौँ ।’ माछा मार्ने जालको पासोमा उनीहरू झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # झापाको एउटै रुखमा  मृत भेटिए प्रेमी–प्रेमिका !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend