असोज ३० गते २०८३ || October 16, 2026

हुलाक कर्मचारीले बुझाए सञ्चारमन्त्री शर्मालाई १३ बुँदे ज्ञापन पत्र


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९११:४७

हुलाक कर्मचारीले बुझाए सञ्चारमन्त्री शर्मालाई १३ बुँदे ज्ञापन पत्र

काठमाण्डौँ - देशभरका हुलाक कार्यालयमा कार्यरत नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसन केन्द्रीय समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय अध्यक्ष टंकप्रसाद हुमागाईको नेतृत्वमा १३ बुँदे ज्ञापन पत्र पेश गरेका छन् ।

अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरुले संचारमन्त्री रेखा शर्मालाई सेवावाट निवृत हुन चाहने अतिरिक्त हुलाक कार्यालयमा कर्मचारीहरुलाई उचित उपदान र अन्य सेवा सुविधा सहित विदा गर्न, मूल्य वृद्धिको अनुपातमा तलब बृद्धि गर्न, अतिरिक्त हुलाक नियमावली २०३४ तत्काल परिमार्जन गरी अतिरिक्त हुलाक सेवालाई नयाँ ऐन अनुसार संचालन गर्न, संचित विरामी विदाको रकम एक मुष्ठ उपलब्ध गराउनुका साथै विमा र निजामति अस्पतालमा अन्य निजामति कर्मचारी सरहको छुट र सुविधा  व्यवस्था गर्न, अतिरिक्त हुलाक कर्मचारी एसोसिएशनका कर्मचारीहरु प्रति कुनै पनि निर्णय लिनु पर्दा वा सरोकारका विषयहरुमा अतिरिक्त हुलाक एसोसिएशनको प्रतिनिधि रहनुपर्ने माग गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # हुलाक कर्मचारीले बुझाए सञ्चारमन्त्री शर्मालाई १३ बुँदे ज्ञापन पत्र
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend