असोज ३० गते २०८३ || October 16, 2026

प्रदेश खारेजीका लागि राप्रपा नेपालले आन्दोलन गर्ने


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०४:२४

प्रदेश खारेजीका लागि राप्रपा नेपालले आन्दोलन गर्ने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले प्रदेश खारेजीका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । माघ ९ र १० गते बसेको राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठकले धर्म निरपेक्षताको खारेजीलाई पनि अभियानका रुपमा अघि बढाउने भएको छ ।

बैठकले आगामी फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापी जनसंघर्ष कार्यक्रम संचालन गर्नेछ, राप्रपा नेपालको विज्ञप्तिमा भनिएको छ । बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ । महाधिवेशन प्रतिनिधि सम्बन्धी विधानको दफा ३९ मा संशोधन गर्ने पनि राप्रपा नेपालले निर्णय गरेको छ। बैठकले आमचुनावमा हार हुनुको कारण अध्यक्ष कमल थापा ुसूर्यु चिन्हबाट लड्नुपर्ने बाध्यता भएको ठहर गरेको छ ।


  • सम्बन्धित विषय:

  • # प्रदेश खारेजीका लागि राप्रपा नेपालले आन्दोलन गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend